मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम क्षेत्र नं. २ : उम्मेद्धार सदरमुकाम वरिपरी मात्रै

अछाम क्षेत्र नं. २ : उम्मेद्धार सदरमुकाम वरिपरी मात्रै


अछाम : आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभाका लागि पार्टीहरुले उम्मेद्धारहरुको टुंगो लगाएका छन्

सत्ता गठबन्धन र नेकपा एमालेले पार्टीका तर्फबाट उम्मेद्धारको टुंगो लगाएका हुन् । अछामको क्षेत्र नं. २ मा भने सदरमुकाम वरिपरिकै नेतालाई उम्मेद्धार बनाएका छन् ।

सत्तागठबन्धनका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसबाट कांग्रेस अछामका सभापती पुष्प बहादुर शाह र एमालेको तर्फबाट निवर्तमान साँसद यज्ञ बोगटी प्रतिनिधी सभाका लागि उम्मेद्धार भएका हुन् ।

यस्तै प्रदेश सभा ख मा पनि मंगलसेन वरिपरिकै उम्मेद्धार तय भएका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता मान बहादुर रावल र एमालेको तर्फबाट मंगलसैन निवासी शिब प्रसाद उपाध्यायले टिकट पाएका छन् । यस्तै प्रतिनिधी सभा क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेद्धारी घोषणा गरेका चन्द्र प्रसाद ढुंगाना समेत मंगलसैन निवासी हुन् ।

प्रदेश सभा क मा भने पञ्चदेवल बिनायक नगरपालिकाबाट उम्मेद्धार तय भएका छन् । गठबन्धनबाट माओवादीका अक्कल रावल र एमालेबाट भिम बहादुर बिष्ट उम्मेद्धार भएका हुन् ।

आम निर्वाचनमा पटक पटक मंगलसैन वरिपरि मात्रै उम्मेद्धार हुने गरेको भन्दै कमलबजार, ढकारी र तुर्माखाँदका नेता कार्यकर्ता असन्तुष्ट देखिएका छन् । नेकपा एमाले अछामका नेता दिपक अधिकारी समेत पार्टीको उम्मेद्धारी छनोट प्रक्रिया देखि असन्तुष्ट भएर राजिनामा समेत दिएका छन् । उनि प्रदेश सभा सदस्यका लागि आकांक्षी थिए ।

विटक क्षेत्रलाई हेप्ने प्रबृद्धीको अन्त्य हुन नसकेको भन्दै उनिहरुले आक्रोस व्यक्त गरिरहेका छन् । विकट क्षेत्रलाई सधैँ पछारि पारिएको र अझ पनि पछाडी पार्ने नियत देखिएको उनीहरुको भनाई छ ।

नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ का सभापती पुष्पराज शर्मा पनि सबै पार्टीका उम्मेद्धार छनोटका बिषयमा सन्तुष्ट छैनन् । उनि भन्छन् सबै क्षेत्र बर्ग र भुगोलको समान सहभागीता हुनुपर्ने थियो तर त्यसो हुन नसक्नु दुखद भएको बताउछन् ।

यद्यपी सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस ढकारीका नेता धनबहादुर बुढा प्रदेश सभा ख बाट समानुपातिक तर्फको बन्द सुचीमा परेका छन् । कांग्रेसले भने पुर्वी क्षेत्रको प्रतिनिधित्व हुने गरी नेता बुढालाई समेटेकोमा ति क्षेत्रका नागरिक भने केही उत्साहित भएका छन् ।