मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्भयका साथ निर्वाचन सम्पन्न हुनुपर्ने अछामका उम्मेद्धारहरुको माग

निर्भयका साथ निर्वाचन सम्पन्न हुनुपर्ने अछामका उम्मेद्धारहरुको माग


आचारसंहिता अक्षरस पालना गरे अछाममा नमुना निर्वाचन हुन सक्छ : मुख्य निर्वाचन अधिकृत शर्मा

अछाम । आगामी मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्यको निर्वाच नभयरहित वातावरणमा सम्पन्न हुनुपर्नेमा अछाम जिल्ला स्थित सरोकारवालाले जोड दिएका छन् ।

निर्वाचन आचारसहिता सम्बन्धी जिल्ला सदरमुकाम मंगलसैनमा आयोजित एक कार्यक्रममा सहभागी सरोकारवाला, उम्मेद्धार तथा अन्य सहभागीहरुले शान्तिपूर्ण रुपमा निर्वाचनका कार्यक्रमहरु अघि बढ्नुपर्ने र चुनाव भयरहित किसिमले सम्पन्न हुनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पिताम्बर शर्माले निर्वाचन आयोगले जारी गरेको आचारसहिंता अक्षरस पालना गर्न सबैलाई आग्रह गरेका छन् । आचारसहिंता सबैले पालना गरे निर्वाचन स्वच्छ रुपले सम्पन्न हुनेमा उनको जोड थियो ।

सबैले आ आफ्नो क्षेत्रबाट सो कुरा पालना गरे धेरै समस्या त्यसैबाट हल हुने उनको भनाई थियो । आफु पक्ष बिपक्ष नभई निष्पक्ष रुपमा निर्वाचन गर्नमा कटिबद्ध रहको उनको प्रतिबद्धता छ । सबैले साथ दिए अछाम जिल्लामा नमुना निर्वाचन हुनसक्ने अधिकृत शर्माको भनाई थियो ।

अछाम जिल्लामा आफु भरखरै आएपनि शान्तिपुर्ण र भयरहित बातावरणमा चुनाव सम्पन्न गर्न आफु प्रतिबद्ध रहेको अछामका प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेको भनाई थियो । जिल्लाका सबै सुरक्षा निकाय संग समन्वय गरेर आफु अघि बढ्ने र यसमा सबै पक्षबाट सहयोगको अपेक्षा गरेको उनको भनाई थियो ।

कार्यक्रममा सहभागी प्रतिनिधी तथा प्रदेश सभा सदस्य पदमा राजनितिक दल तथा स्वतत्त्र उम्मेद्धारले चुनावको बेला जाँडरक्सी पूर्णरुपमा नियन्त्रण, सामाजिक सञ्जाल तथा होटलहरु समेत निगरानी गर्नुपर्ने माग गरेका थिए । निर्भयका साथ निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन प्रशासनलाई समेत उनिहरुले आग्रह गरेका छन् ।

निर्वाचनमा सवारी चालक अनुमती पत्र नभएकाहरुले सवारी साधन चलाएमा त्यो नियन्त्रणमा लिनुपर्ने समेत उनिहरुको माग छ । यातायातका साधन समेत निगरानीमा राख्नुपर्ने र चुनावको बेला भारत तथा तराई बाट भोट हाल्न आउदा सहज यातायातको व्यावस्था गर्नुपर्नेमा उम्मेद्धारहरुको जोड थियो ।

निर्वाचनको बेला मतदाता लोभ्याउने खालका कार्यक्रम समेत स्थानिय पालिका तथा अन्य उम्मेद्धारहरुले समेत नगर्न उनिहरुको आग्रह गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष रमेश रावल लगायतक संचारकर्मीले निर्वाचनका बेला सहज सुचना उपलब्ध नहुने गरेको भन्दै यस तर्फ समेत ध्यान दिन आग्रह गरेका थिए । संचारकर्मी तथा पत्रकारलाई आवश्यक परेका बेला सहज सुचना उपलब्ध गराउनु पर्ने उनिहरुको माग थियो ।