मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चार जना पत्रकारलाई युवा पत्रकारीता पुरुस्कार

चार जना पत्रकारलाई युवा पत्रकारीता पुरुस्कार


काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले चार जनालाई ‘युवा पत्रकारिता पुरस्कार २०७८’ प्रदान गर्ने भएको छ । पुरस्कार तनहुँका बसन्ती बास्तोला, अछामका पूर्णबहादुर खड्का, डोटीका सीताराम ओझा र अछामका केशवबहादुर भुललाई पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्‍याएबापत चारै जनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । युवा पत्रकारिता पुरस्कार कार्यविधि अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको छनौट समितिले पुरस्कृतको नाम छनोट गरेको हो ।

चारै जनलाई एक कार्यक्रमका बीच पुरस्कृत गरिने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । युवा पत्रकारिता पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ । २०७५ सालदेखि मन्त्रालयले हरेक वर्ष युवाको क्षेत्रमा कलम चलाउँदै आएका चार–चार जनालाई पुरस्कृत गर्दै आएको छ ।