मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरआजकर्मी खड्कालाई ‘युवा पत्रकारीता पुरुस्कार’

सुदूरआजकर्मी खड्कालाई ‘युवा पत्रकारीता पुरुस्कार’


अछाम । सुदूरआज डट्कमका सम्पादक पूर्ण बादुर खड्कालाई युवा पत्रकारीता पुरुस्कार प्रदान गरिने भएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको हरेक बर्ष प्रदान गरिने युवा पत्रकारीता पुरुस्कारका लागि खड्कालाई छनोट गरेको हो ।

नेपाल पत्रकार महासंघ अछामका सचिव समेत रहेका खड्का संगै अरु ३ जनालाई समेत पुरुस्कार प्रदान गरिने भएको हो । जसमा तनहँबाट बसन्ती बास्तोला, डोटी घर भई कैलालीमा कार्यरत सिताराम ओझा र अछाम घर काठमाण्डौँमा कार्यरत केशब बहादुर भुल रहेका छन् ।

मोफसल र दुर्गम क्षेत्रबाट गरी ४ जनालाई छनोट गरिएकोा युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । युवा पत्रकारिता पुरुस्कारका लागि छनोट भएका ४ जना युवा पत्रकारलाई एक कार्यक्रमको ओजना गरिने पुरुस्कार बितरण गरिने मन्त्रालयले जनाएको छ ।

यस बर्षको पुरुस्कारमा सुदूरपश्चिमबाटै ३ जना छनोटमा परेका हुन् । अछाम घर भएर काठमाण्डौँमा पत्रकारीता गरिरहेका केशब भुल, डोटी घर भई कैलालीमा कार्यरत सिताराम ओझा र अछाममै पत्रकारीता गरिरहेका पूर्ण बहादुर खड्का छनोट भएका हुन् ।

युवा पत्रकार खड्का हाल सुदूरआज अनलाईन पत्रिकाको सम्पादकका रुपमा कार्यरत छन् भने अछाम जिल्लाबाटै पत्रकारीता सुरु गरेका भुल नेपाल प्रेसको बरिष्ठ सम्बाद्दताका रुपमा कार्यरत छन् ।

यस्तै छनोट भएका अन्य २ जना युवा पत्रकारमा सिताराम ओझा उज्योलो अनलाईन र खबरकुञ्जमा कार्यरत छन् भने बास्तोला संचारिका समुहमा कार्यरत रहेकी छिन् । पत्रकारीताको माध्यमबाट युवाका क्षेत्रमा कलम चलाए बाफत उनिहरुलाई पुरुस्कार प्रदान गरिने भएको हो । पुरुस्कारको राशी ५० हजा रहेको छ ।