मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुइनो ठोक्किंदा किन करेन्ट लागेझैं हुन्छ ?

कुइनो ठोक्किंदा किन करेन्ट लागेझैं हुन्छ ?


आफ्नो कुइनो कुनै वस्तुमा ठोक्किंदा करेन्ट जस्तै झट्काको महसुस तपाईंले पनि धेरैपटक गर्नुभएकै होला । तर आखिर यस्तो किन हुन्छ ? भन्ने बारेमा चाहिं सायदै सोच्नुभएको होला ।

कुइनो जोडसँग ठोक्किंदा कहिलेकाहीँ करेन्टको ठूलै झट्का लागेझैं अनुभव हुन्छ भने कहिलेकाही काउकुति जस्तो पनि लाग्दछ । वास्तवमा यस्तो करेन्ट कुइनोको हड्डीमा पैदा हुन्छ ।

विज्ञका अनुसार कुइनो हुँदै फैलिएको यो हड्डी ह्युमेरस हो । त्यसलाई फन्नी बोन्स पनि भनिन्छ । यो हड्डी काँधदेखि कुहिनासम्म फैलिएको हुन्छ । जब उक्त हड्डी कुनै वस्तुसँग ठोक्किन्छ तब हामीलाई करेन्टको झट्का महसुस हुन्छ ।

कुइनोको यो भाग हुँदै अल्नार नामक स्नायु पनि गएको हुन्छ । उक्त स्नायुकै कारण हड्डी ठोक्किएसँगै झट्काको अनुभूति मस्तिष्कबाट प्राप्त हुने गर्दछ । यो स्नायु सुसुम्नाबाट निस्किएर काँध हुँदै औंलासम्मै पुग्दछ । जब कुहिनोमा चोट लाग्दछ यो स्नायुमा रहेका न्युरोनहरूले मस्तिष्कसम्म त्यसको सूचना पूराउँदछन् । यसले करेन्ट जस्तो झट्का पैदा गर्दछ ।

हाम्रो शरीरमा हड्डी तथा स्नायुहरुलाई सुरक्षित राख्नका लागि आमरुपमा बोसोको एक पत्र जम्मा हुन्छ । बोसोको उक्त पत्रभन्दा माथि छाला हुन्छ ।

छाला र बोसोको पत्रले ठाकिएको कारणले जब हाम्रो कुइनो कुनै चिजसँग ठोक्किन्छ तब अल्नर स्नायुमा तीव्र झट्का लाग्दछ । सोही कारण हामीलाई करेन्ट, काउकुति, दुखाई वा तीव्र झनझनाहट जस्तो महसुस हुन्छ । – एजेन्सी