मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बच्चालाई किन हुन्छ मोटोपन र कसरी घटाउने?

बच्चालाई किन हुन्छ मोटोपन र कसरी घटाउने?


काठमाडौं- अहिले धेरैजसो अभिभावको टाउको दुखाईको विषय बनेको छ, छोराछोरीको मोटोपन। छोराछोरी अस्वभाविक रुपमा मोटाउँदै गएपछि त्यसले अभिभावकलाई पिरोल्ने नै भयो। उनीहरु भद्दा, असुहाउँदिलो त देखिन्छ नै, रोगी पनि हुन्छन्। 

किन हुन्छ मोटोपन?

बेलायतको शोधकर्ताहरुले निकालेको एक निष्कर्ष यस्तो छ, ‘बच्चा मोटो हुनुमा आमाबुवा जिम्मेवार छन्। किनभने धेरैजसो मोटोपन अनुवंशिक समस्या हो। आमाबुवा मोटो भएपछि उनीहरु स्वत मोटो हुने गरेका छन्।’ त्यसबाहेक पारीवारिक माहौल पनि यसको कारण बनेको छ।

–  पछिल्लो समय छिटो छरितो खानाको रुपमा जंकफुडको अधिक प्रयोग हुन थालेको छ।   बच्चामा  मोटोपन बढाउने यो एउटा प्रमूख कारणमध्ये पर्छ।

–  अनियन्त्रित भोजनले पनि बच्चामा मोटोपन बढ्दो छ। आफ्ना बालबालिकालाई धेरै ख्वाउँदा स्वास्थ्य हुन्छ भन्ने मानसिकताले अहिलेका अभिभावक धेरै खानेकुरा दिने गर्छन्।

–  अहिलेका बच्चाहरु शारीरिक खेलकुदमा भन्दा पनि कार्टुन, भिडियो गेम लगायतमा भुलिने गर्छन्। एकै स्थानमा लामो समय निस्त्रिmय बस्न, व्यायम, शारीरिक गतिविधि, श्रम नगर्ने भएकाले पनि मोटोपन बढ्दै गएको छ।

के हुन्छ असर ?

स्वास्थ्य बच्चा मोटो हुन्छ भन्ने भ्रम छ, जुन सत्य होइन। अस्वभाविक रुपमा बढ्ने मोटोपनले बच्चालाई रोगको दलदलमा फसाउँदै लान्छ।

मोटोपन आफैमा समस्या हो। यसले शरीर भद्दा हुन्छ। असुहाउदिलो हुन्छ। हिँड्न, डुल्न, खेल्न सबैमा छरितो हुँदैन। मोटोपनकै कारण बच्चाहरु कालन्तरमा मधुमेहको सिकार हुन सक्छन्। उनीहरु उच्च रक्तचाप र अर्थराइटिस जस्ता रोगको जोखिममा हुन्छन्।

कसरी नियन्त्रण गर्ने मोटोपन ?

मोटोपन नियन्त्रण गर्नका लागि बालबालिकाको जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ। उनीहरुको खानपान, आनीबानी बदलेर यसलाई नियन्त्रण गर्न सकिन्छ।

–  खानपानको मामलामा आमाबुवा बच्चाको रोल मोडल बन्नुपर्छ।

– टेलिभिजन हेर्दै, गेम खेल्दै खाने बानी छुटाउनु पर्छ।

–  मोबाइल, कम्युटर, टिभीमा धेरै समय व्यातित गर्न दिनु हुँदैन।

–  उनीहरुलाई इनडोर गेमभन्दा वाहिरी खेलकुदमा प्रेरित गर्नुपर्छ। खुला रुपमा उफ्रिन, दौडिन दिनुपर्छ।

– उनीहरुलाई थोरै थोरै खाना धेरै पटक दिनुपर्छ। भोक लागेपछि धेरै खानेकुरा खाने बानीले पनि मोटोपन बढ्छ।

– भोक लाग्नुअघि खानेकुरा दिएपछि बच्चाहरु जंकफुडमा लोभिदैनन्। उनीहरुको ध्यान खानेकुरामा जादैन। त्यसैले उनीहरुलाई भोको राख्नु हुँदैन।

–  फलफूल, सागसब्जी खाने बानी गराउनु पर्छ। यसले पनि क्रमस जंकफूडको लत छुट्छ।

– कोल्ड डि्रंकको साटो पानी पिउन दिनुपर्छ। धेरै गुलियो खानेकुराको लत छुटाउनुपर्छ।

– राति धेरैबेर बस्न दिनुहुँदैन। छिटै सुताउने र विहान छिटै उठाउने गर्नुपर्छ। पर्याप्त निन्द्रा पुग्नुपर्छ।