मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरमा भएको रक्तदान कार्यक्रममा ११ पिन्ट रगत संकलन

साँफेबगरमा भएको रक्तदान कार्यक्रममा ११ पिन्ट रगत संकलन


अछाम : जिल्लाको साँफेबगरमा रक्तदान कार्यक्रम भएको छ। ब्ल्याक एन्जल युथ क्लबको आयोजनामा साफेबगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । ‘रक्त दान जीवन दान’ भन्ने मुल नारा सहित क्लबका अध्यक्ष दशरथ कुवरको अध्यक्षतामा भएको कार्यक्रममा रक्तदान कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

क्लबले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ११ पिन्ट रगत संकलन गरिएको छ । रक्तदाताहरुमा दशरथ कुवर, बिरेन्द्र कुवर, गोपाल कुवर, कमल लुहार, प्रदिप कुवर, बिमल कुवर, अशोक कुवर, बिक्रम कुवर,  संगीत  कुवर, महेश खड्का, धुर्ब बुढा र अशोक स्वार रहनुभएको छ ।

अस्पतालमा सल्यक्रिया मार्फत प्रसुती गर्नु पर्ने बिरामी बढेको र रगत अभाब  भएको थाहा पायपछी कसैले पनि रक्त अभावमा ज्यान गुमाउनु नपरोस भनेर रक्तदान कार्यक्रम गरियको क्लबका प्रबक्ता योगेश कुवरले जानकारी दिए ।

कार्यक्रममा प्राबिधिक सहयोग साफेबगर पोलिक्लिनिक टिम सहित डा. आभा मण्डल तथा बयलपाटा अस्पताल बाट हेल्थ असिस्टेन्ट छत्र साउद, ल्याब असिस्टेन्ट सुनिल बुढा र ल्याब अधिकृत रोशन ढकाल ले गरेका थिए ।

रक्तदान कार्यक्रममा क्लबका उपाध्यक्ष जर्ज कडायत र सचिव गोपाल कुवर लगायतको उपस्थिति रहेको थियो । क्लबले पछिल्लो समय विभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ ।