काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३९औँ स्मृति दिवस बुधबार विशेष कार्यक्रम गरी मनाइएको छ । स्मृति दिवसको अवसरमा सुन्दरीजलस्थित बीपी संग्रहालयमा विशेष कार्यक्रम गरी बीपी कोइरालाको सालिकमा माल्यार्पण गरिएको छ । सो अवसरमा नेताहरुले कोइरालाको राजनीतिक, साहित्यक एवं बहुआयामिक व्यक्तित्वमाथि चर्चा गरेका थिए । त्यसैगरी, सुशील कोइराला मेमोरियल फाउन्डेसनले बीपी स्मृति दिवसकै अवसरमा…