मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणहिटी परिसरमा ‘ऐतिहासिक शासकीय संग्रहालय’को निर्माण शुरु गरिने

नारायणहिटी परिसरमा ‘ऐतिहासिक शासकीय संग्रहालय’को निर्माण शुरु गरिने


काठमाडौं । सरकारले नारायणहिटी दरबार संग्रहालय परिसरमा ‘ऐतिहासिक शासकीय संग्रहालय’ निर्माण शुरु गर्ने भएको छ ।

शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नारयणहिटी परिसरमा रामापिथेकसदेखि मुलुकको सम्पूर्ण कालखण्ड झल्किने गरी ऐतिहासिक शासकीय संग्रहालय निर्माण शुरु गर्ने घोषणा गरेका हुन् ।

योगमायादेखि हालसम्मका शहीद, नेपालको ऐतिहासिक जनआन्दोलन, माओवादी जनयुद्ध र मधेश आन्दोलनका शहीद तथा अग्रज राजनीतिक नेतृत्वको इतिहास समेट्ने गरी बजेट विनियोजन गरेको उनले बताए ।

यस्तै मुलुकको धर्म, संस्कृति, परम्परा प्रदर्शित हुने गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न धार्मिक संग्रहालय स्थापना गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।