मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ

अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ


काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । उनलाई पुत्रलाभ भएको छ ।

थापाथालीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ७ बजेर ५२ मिनेटमा उनले छोरालाई जन्म दिएकी हुन् ।

शल्यक्रियाबाट प्रसूति गराइएको आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको नर्भिकका प्रवक्ता सोमनाथ बास्तोलाले बताए । बच्चाको तौल तीन केजी १४० ग्राम रहेको पनि उनले जानकारी दिए ।

ऋचाले डेढ वर्षअघि लाबिम मलका म्यानेजर दीपेक्ष्यविक्रम राणासँग विवाह गरेकी थिइन् । ‘टलकजंग भर्सेस टुल्के’, ‘भिसा गर्ल’, ‘उमा’जस्ता चलचित्रमा जीवन्त अभिनय गरेकी ऋचा पछिल्लो समय ‘कमेडी च्याम्पियन’मा निर्णायकको रूपमा जोडिएकी थिइन् ।