काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल गुटले तमासा गरेर पार्टी फुटाउन खोजेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस चौतारीमा आवद्ध पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । “माधव नेपाल गुटले तमासा गर्यो । पहिले कांग्रेसमा छत्तिसे र चौहत्तरे थिए, अहिले त्यस्तै देखिँदैछ,” उनले भने, “पार्टी फुटाउनै छ भने सफल हुन दिँदैनन्…