मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरमा उपप्रधानमन्त्री महतोको पुत्ला दहन

साँफेबगरमा उपप्रधानमन्त्री महतोको पुत्ला दहन


अछाम : जिल्लाको साँफेबगर बजारमा नव नियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ। युवा संघ नेपाल र अनेरास्ववियूले आइतबार साँझ साँफेबगरको एअरपोर्ट बजारमा महतोको पुत्ला दहन गरेको हो।

उनीहरुले केपीतन्त्र मुर्दावाद, खोक्रो राष्ट्रबाद मुर्दावाद भन्ने नारासहित महतोको पुत्ला दहन गरेका हुन्। महतोको विरुद्ध मात्रै नभई महतोलाई नियुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्द विरोध गर्दै पुत्ला दहन गरिएको युवा संघ नेपालका केन्द्रिय सचिव दिपक कुँवरले जानकारी दिए ।

देशलाई बिखण्डन गर्ने अभिव्यक्ति दिने उपप्रधानमन्त्री महतोले राजिनामा दिनुपर्ने युवा संघ नेपालका केन्द्रिय सदस्य तथा अछामका अध्यक्ष हिरिण्ड कुँवरको भनाई रहेको छ ।

नाराजुलुस सहित पुत्ला दहन कार्यक्रम साँफेबगर नगरपालिकाका प्रवक्ता बालगिरी कुँवर,साँफेबगर नगरपालिकाका वडा नं ९ का अध्यक्ष धुर्ब थापा, कार्यपालिका सदस्य जितबहादुर निशानी, युवा संघ नेपालका केन्द्रिय सदस्य झपर थापा, सतिश कुँवर, मुकेश सुनार, युवा संघ नेपालका कोषाध्यक्ष सर्जन परियार, अनेरास्ववियूका जिल्ला उपाध्यक्ष भिम बडाहित, एकेन्द्र कुँवर, अनेरास्ववियूका जिल्ला सहसचिव मनिश बिक, युवा संघ नेपालका जिल्ला कमिटी सदस्य तर्कराज उपाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।