काठमाडौं– आज १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ। हरेक वर्ष १५ असारमा मनाइने धान दिवसमा यो वर्षको नारा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ राखिएको छ। तर, पहिलेका वर्षहरुमा झै यो वर्ष पनि किसानले आवश्यक मात्रामा मल पाउन सकेका छैनन्। यतिबेला देशभरका किसानले धमाधम रोपाइँ गरिरहेका छन्। कृषि मन्त्रालयका अनुसार हालसम्म २२…