मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दलित सेवा संघ अछामले गर्यो खाद्यान्न वितरण

दलित सेवा संघ अछामले गर्यो खाद्यान्न वितरण


सुरत सुनार, अछाम / दलित सेवा संघ अछामले साफेबगर नगर पालिका वडा नं ८ चण्डीका का ५० जना का घर परिवारहरुलाई आज खाद्यान्न राहत वितरण गरेको छ।

कोरोनो भाइरसको उत्पन्न मा’हामा’रीका कारण गर्भवती तथा सुत्केरी महिला अपा’ङगता भएका ब्याक्ती एकल महिला दलित गरिब तथा दैनिक ज्या’लादारी गर्ने उत्त ब्याक्तीलाई वडा मार्फत हस्तान्तरण वितरण गरिए हो।

बयालपाटा अस्पतालमा आ’त्मदा’ह गरि मृ’त्यु भएका स्व’र्गीय सिद्धार्थ आउजीकी श्रीमती गौरी आउजी लाई समेत खाद्यान्न राहत वितरण गरिएको छ ।

प्रत्येक ब्याक्ती २५ केजी चामल २ केजि दाल १ लिटर तेल १ पोका नुन १ चिनि १ साबुन १ पाकेट मसला वितरण गरियको हो । दलित सेवा संघ अछाम अध्यक्ष अर्जुन ताम्राकारको अध्यक्षता भएको राहत वितरण कार्यक्रम भएको थियो।

डिसीएको आर्थिक सहयोग तथा दलित सेवा संघ अछाम, दलित र महिला समान अधिकारका लागि स्थानीय लोकतन्त्र सबलिकरण परियोजना अन्तर्गत साफेबगर नगर वडा नं ८ चण्डीका मेल्लेख वडा ७ नन्देगडा वडा नं ८ हात्तीकोट बान्निगढि जयगड गा पा वडा नं ३ बर्दादेबी वडा ४ तिमिल्सैन कार्य क्षेत्र रहेका २५० जना घर परिवार लाई पनि अर्को चरण मा खाद्यान्न राहत सामाग्री वितरण गरिने जनाइएको छ।