मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरको आगरतोलमा फौजि किराले ४० रोपनी मकैबालि सखाप

मंगलसेन नगरको आगरतोलमा फौजि किराले ४० रोपनी मकैबालि सखाप


पवित्रा खड्का, अछाम

मंगलन नगरपालिका वडा नम्वर १ को आगरतोलामा अमेरीकन फौंजी किराले किसानको मकैबालिमा क्षती गरेको छ ।

स्थानीय १४ जना किसानहरुको करिब ४० रोपनीमा लगाईएको मकैबालि सबै किसानको एक/एक गरा खुर्सानी फौजि किराले जरैदेखी काटेर सखाप बनाएको हो ।

मंगलसेन नगरपालिका वडानम्वर १ र २ मा कार्यरत कृषि प्राविधिक हिरण्ड नाथ र पशु प्राविधिक मिन बहादुर थापाले स्थलगत रुपमै अध्ययन गर्दा सबै किसानको मकैबालि र खुसार्न तथा स्थानीय अम्मर साउदको एक गरा भुई स्याउ समेत किराले जरैदेखी काटेर सखाप बनाएको पाईएको छ ।

कृषकका अनुसार यो समस्या अघिल्लो बर्षमा पनि धेरै आएको थियो । यसरी कृषि प्राबिधिक घरखेत मै आयर रोग किराको पहिचान गर्दा निकै खुसि लागेको भन्दै किसानहरुले रोगको उपचारका लागि सम्वन्धित निकायले सहयोग गर्नुपर्ने वताएका छन ।

अमेरीकन फौजी किराको प्रकोप वडानम्वर १ कै अन्य टोलहरु दोबाटाखाल, मुल्ढुङागानी लगायतका ठाउमा पनि रहेको प्राविधिकहरुले बताएका छन । स्थलगत अध्ययनमा पुगेको प्राविधिकहरुको टोलिले स्थानीयको मकै, खुर्सानी, भुई स्याउ लगायतका बालिमा क्षती पुर्याएको निष्कर्ष निकालेको छ ।

फौजी किराको प्रकोप फैलिएको क्षेत्रमा प्राविधिक सहित वडानम्वर १ को जाल्पादेवी टोलविकास संस्थाका अध्यक्ष लालबहादुर थापा सहितको टोलिको सहभागिता रहेको थियो ।