मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको भाउ हाल सम्मकै उच्च

सुनको भाउ हाल सम्मकै उच्च


काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । सुन तोलाकै ९१ हजार ३ सय रुपैयाँ पर्ने भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ३ सय कायम गरेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

गत शुक्रबारको तुलनामा तोलामा ७ सय रुपैयाँले बढेको हो । शुक्रबार तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । गत बुधबार सुनको भाउ ९१ हजार १ सयमा कारोबार भएको थियो ।  

यस्तै तेजाबी सुनको भाउ पनि ९० हजार ८ सय ६० तोकिएको छ । शुक्रबार ९० हजार १ सय ६० तोकिएको थियो । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर ९४५ कायम भएको महासंघले जनाएको छ । – बाह्रखरी