मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दलित सेवा संघ अछामद्धारा बान्नीगढी गाउँपालिकालाई आर्थिक सहयोग

दलित सेवा संघ अछामद्धारा बान्नीगढी गाउँपालिकालाई आर्थिक सहयोग


सुरत सुनार, अछाम

दलित सेवा संघ अछामले बान्नीगढी जयगढ गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ। गाउँपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा १५ हजार आर्थिक सहयोग गरिएको संघले जनाएको छ ।

संघका सचिव टंक ताम्राकारले गाउँपालिकाको राहत कोषको खातामा जम्मा हुने गरि १५ हजारको चेक पालिका अध्यक्ष राजेन्द्र खड्कालाई हस्तान्तरण गरेको छन्।

कोरोना भाईरसका कारण सृजना भएको अप्ठेरो परिस्थीतीमा यसको रोकथाम तथा नियन्त्रण गर्न केही हद्सम्म भएपनि राहत पुगोस भन्ने हेतुले आर्थिक सहयोग गरिएको संघले जनाएको छ ।

मंगलबार सामाजिक परिचालक प्रेम सोवको उपस्थितमा हस्तान्तरण १५ हजारको चेक हस्तान्तरण गरीएको थियो ।

संघले यसअघि सोमबार साँफेबगर नगरपालिकालाई पनि १५ हजार आर्थिक सहयोग गरेको थियो।