मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनकारी हिमालले गरे परोपकारी काम, रुकुम घ’ट्नाका घा’ईतेलाई १११११ आर्थिक सहयोग

मनकारी हिमालले गरे परोपकारी काम, रुकुम घ’ट्नाका घा’ईतेलाई १११११ आर्थिक सहयोग


अछाम

अछाम जिल्लाका समाजसेवी हिमाल कुवँर उदासीले परोपकारी काम गर्दे आईरहेका छन् । दशक भन्दा बढी देखि समाज सेवामा क्रियाशिल मनकारी कुवँरले समाजमा विभिन्न सामाजिक कार्य गर्दै आईरहेका छन् ।

जिल्लाको साँफेबगर नगरपालिका स्थायी घर भएका कुवँरले केही समय पहिले जा’तियताको कारण देखाई भएको रुकुम घ’टनाका मृ’तकका परिवार र घाइतेहरुको स्वास्थ उपचारका लागि आर्थिक सहयोग गरेका हुन् ।

काठमाण्डौँमा घाईते र मृ’तकका परिवारका लागि राहत अभियान चलाईरहेका अभियान्ता जगत कडारा मार्फत ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका हुन । आफ्नो सानो सहयोगले पी’डितका लागि थोरै भएपनि राहत पुगोस भन्ने उदेश्यले आथिक सहयोग गरेको कुवँरको भनाई छ ।

हेल्प अछामका संस्थापक अध्यक्ष समेत रहेका कुवँरले केहि दिन पहिले संस्था मार्फत जिल्लामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र जिल्ला भित्रिने तथा बाहिरिने नागरिकलाई मास्क, खाजापानी वितरण गरेका थिए ।

व्यावसायमा समेत संलग्न कुवँरले सामाजिक कार्यका साथै राहत संकलन अभियानलाई सहयोग गर्न पाउँदा खुसी लागेको धारणा व्यक्त गरे ।