मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दलित सेवा संघ अछामद्धारा साँफेबगर नगरलाई आर्थिक सहयोग

दलित सेवा संघ अछामद्धारा साँफेबगर नगरलाई आर्थिक सहयोग


सुरत सुनार अछाम

दलित सेवा संघ अछामले साँफेबगर नगरपालिकाले कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । संघले नगरको राहत कोषको खातामा जम्मा हुने गरि १५ हजारको चेक नगर प्रमुखलाई हस्तान्तरण गरेको हो।

कोरोना भाईरसका कारण सृजना भएको अप्ठेरो परिस्थीतीमा यसको रोकथाम तथा नियन्त्रण गर्न केही हद्सम्म भएपनि राहत पुगोस भन्ने हेतुले आर्थिक सहयोग गरिएको संघले जनाएको छ ।

सोमबार साँफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुवँरलाई दलित सेवा संघ अछामको तर्फ सँस्थाका बोर्ड कमिटि सदस्य राजेन्द्र कोलि, कार्यक्रम सँयोजक खम्मेश्वरि बोगटी, लेखा तथा प्रशासन दिनेश कडारा र सामाजिक परिचालक प्रेम सोवको उपस्थितमा हस्तान्तरण १५ हजारको चेक हस्तान्तरण गरीएको हो ।

सहयोग कार्यक्रममा साँफेबगर नगरपालिका उप प्रमुख बिर्मला देवि बुड्थापाको उपस्थीती रहेको थियो ।