आगामी शुक्रबार नयाँ वर्षको पहिलो दिन। काठमाडौं उपत्यकासँगै बाहिरका पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहलपहल सुरू भइसकेको छ। नयाँ वर्षमा घुमघामका लागि देशभरका होटल बुकिङ हुन थालेका छन्। विशेषगरी पोखरा, बन्दीपुर, चितवन, काठमाडौं, धुलिखेल, सुकुटे, नगरकोट लगायत ठाउँका होटलमा धेरै बुकिङ भइरहेको व्यवसायीहरूले बताएका छन्। चितवनको सौराहामा ६० प्रतिशत होटल बुकिङ भइसकेको छ। क्षेत्रीय होटल संघ सौराहाका…