मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैद्यनाथ धाममा महाशिवरात्री मेला व्यवस्थापनको तयारी केछ ? (कुराकानी)

वैद्यनाथ धाममा महाशिवरात्री मेला व्यवस्थापनको तयारी केछ ? (कुराकानी)


अछाम: नेपालका चार धाम मध्यको एक धाम वैद्यनाथधाममा मेला व्यवस्थापनको सम्पुर्ण तयारी पुरा भएको वैद्यनाथक्षेत्र विकास संस्था,अछामका अध्यक्ष टेक बहादुर खड्काले बताएका छन् ।

महाशिवरात्रि पर्वको अवसरमा वैद्यनाथधाममा यस बर्ष पनि ठूलो मेला लाग्ने भएको छ ।

यस बर्ष पनि विभिन्न जिल्लाबाट हजारौं तीर्थयात्रीले महाशिवरात्रिको अवसरमा वैद्यनाथमा पुजा अर्चना गर्ने भएका छन् ।
नेपालका चार धामहरु मध्येको एक अछामको साँफेबगर नजिकै रहेको वैद्यनाथधाममा महाशिवरात्रि पर्व धुमधामका साथ मनाइने गरिएको छ ।

बराहक्षेत्र, पाशुपतक्षेत्र र मुक्तिनाथ जत्तिकै आस्थाको केन्द्र मानिने वैद्यनाथ सुदूरको महत्वपूर्ण धार्मिक केन्द्रका रुपमा परिचित छ । यस वर्ष फागुन ६ गते महाशिवरात्री पर्व मनाइँदै छ । महाशिवरात्रीका लागि छिमेकी देश भारत, तथा नेपालका तराई क्षेत्रबाट साधुसन्तहरुसमेत अछाम आउने क्रम जारी रहेको छ ।

फागुन ६ गते महाशिवरात्री पर्व मनाउने तथा मेला व्यवस्थापन र सुरक्षा व्यवस्थाको तयारी केछ भनेर हामीले वैद्यनाथक्षेत्र विकास संस्था,अछामका अध्यक्ष टेक बहादुर खड्का संग कुराकानी गरेका छौँ ।
कुराकानी टेक बहादुर खड्का

यसै बिच नेपालका चार धाम मध्यको एक धाम वैद्यनाथ धाममा ब्रह्मकुमारी विश्वविद्यालय राजयोग प्रतिष्ठान शाखा मंगलसेन अछामले पनि शिवभक्ति तथा केही आध्यात्म सन्देश सुनाउने भएको छ ।
महाशिवरात्रीको महापर्वमा विभिन्न भजन किर्तनका कार्यक्रम रहेको ब्रह्मकुमारी विश्वविद्यालय राजयोग प्रतिष्ठान शाखा मंगलसेन अछामकी ब्रह्मकुमारी कविताले बताईन् ।

आवाज