मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको विकासमा कटिबद्ध भएर लागिरहने पूर्व मन्त्री कुँवरको उद्घोष

अछामको विकासमा कटिबद्ध भएर लागिरहने पूर्व मन्त्री कुँवरको उद्घोष


“बैद्यनाथ धाममा मकर संक्रान्ति साँस्कृतिक उत्सव भव्यताका साथ सम्पन्न

अछाम : निर्वमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा अछाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य शेर बहादुर कुँवरले अछामको मौलिक संस्कृति देश भरि चिनाएको बताएका छन् ।

अछामको बैद्यनाथ धाममा मकर संक्रान्तिको साँस्कृतिक उत्सव समारोहको प्रमुख अतिथिको रुपमा बोल्दै उनले अछामको कला संस्कृतिले पर्यटन प्रर्बद्धनमा ठुलो टेवा पुगेको बताए ।

नेपालका चार धाम मध्यको एक धाम बैद्यनाथ धाम क्षेत्र विकासका लागी आफू मन्त्री हुँदा थुर्पै विकासको काम गरेको र आगामी दिनमा पनि बैद्यनाथ क्षेत्रको विकासका लागी निरन्तर लागिरहने कार्यक्रम मार्फत उल्लेख गरे ।

पुर्वाधार विकासका थुर्पै कामहरुले जिल्लामा गति लिइरहेकाले विस्तारै अछामको विकास निर्माणले अब छिट्टै गति लिने उनको भनाई छ । आगामी दिनमा जिल्लाको विकास निर्माण,पर्यटन विकास,साँस्कृतिक विकास लगायतका क्षेत्रमा आफू निरन्तर लागिरहने प्रतिनिधि सभा सदस्य शेर बहादुर कुवरले बताए ।

कार्यक्रमका बिशिष्ट अथिति जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवँरले अछामको विकासका लागि सेती लोकमार्ग चाँडो बन्नुपर्नेमा जोड दिए । बैद्यनाथ क्षेत्रको विकास पनि सेती लोकमार्ग संग जोडिएकाले सक्दो छिटो लोकमार्ग बन्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिती सदस्य अर्जुन ताम्राकारले अछाम कला संस्कृती र पर्यटकिय हिसावले भरिपूर्ण जिल्ला भएपनि यसको प्रचार प्रसारका साथे विकास हुन नसकेको बताए । जिल्लाका सबै सरोकारवाला मिलेर धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासका लागि पहल गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा सहभागी अन्य अथितिले पनि जिल्लाको समग्र विकास संगै भौतिक निर्माण र धार्मकि तथा पर्यटकिय क्षेत्रको विकासका लागि केन्द्र तथा प्रदेशमा नेतृत्व गर्ने जनप्रतिनिधीले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिले आयोजना गरेको मकर संक्रान्ति साँस्कृतिक उत्सव भव्यताका साथ सम्पन्न भएको आयोजक समितिले जानकारी दिएको छ ।

आज सम्पन्न भएको साँस्कृतिक महोत्सवमा अछामका विभिन्न क्षेत्रबाट पुतला खेल,होरी खेल, न्याउल्या देउडा खेल,भुओ खेल प्रद्धशन भएका वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष खडक बहादुर खड्काले जानकारी दिए ।