राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। मंगलबार बसेको परीक्षा बोर्डको बैठकले वैशाख २१ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा र वैशाख ८ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित गर्ने निर्णय गरेको हो। ‘विद्यार्थी र अभिभावकप्रति पर्न गएको असुविधाप्रति बोर्ड…