मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पन्चदेवल विनायक वडा नं. ८ का वडाध्यक्ष खनालले वडाबासीलाई २५ सय माक्स वितरण गरे

पन्चदेवल विनायक वडा नं. ८ का वडाध्यक्ष खनालले वडाबासीलाई २५ सय माक्स वितरण गरे

स्थानीय स्वास्थ्य संस्था र निजि क्लिनिक हेण्डसेनिटाइजर पनि वितरण


अछाम
पन्चदेवल विनायक नगरपालिका वडा नं. ८ बारलाका वडा अध्यक्ष ताराप्रसाद खनालले वडामा सबैलाई पुग्ने गरी माक्स र हेण्डसेनिटाईजर वितरण गरेका छन् ।

वडाध्यक्ष खनालले वडाका सबै नागरिकलाई २५ सय सय मास्क र ३५ थान ५०० मिलि लिटरका हेण्डसेनिटाईजर वितरण गरेका हुन ।

जिल्लामा कोरोनाको जोखिम बढ्दै गएको अवस्थामा सबै नागरिकले सुरक्षित साथ बस्नुपर्ने र व्यक्तीगत सुरक्षाका सामाग्री प्रयोग गर्नुपर्ने भन्दै खनालले उक्त सामाग्री वितरण गरेका हुन् ।

साविकको १ देखि ९ सम्मका नागरिकलाई मास्क वितरण गरिएको हो भने स्थानीय स्वास्थ्य संस्था र निजि क्लिनिक हेण्डसेनिटाइजर वितरण गरिएको खनालले बताउनु भयो ।

साथै उहाँले लकडाउनको बेला सबैले सुरक्षित साथ घरमै बस्न, सरसफाईमा बिशेष ध्यान दिनुका साथै खानपिनमा समेत जोड दिन आग्रह गर्नुभएको छ ।