मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीका संक्रमितलाई भेटेको १२ दिनपछि देखियो भाउजुमा कोरोना

धनगढीका संक्रमितलाई भेटेको १२ दिनपछि देखियो भाउजुमा कोरोना


धनगढी: दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीय युवाबाट उनकी भाउजूमा पनि कोरोना सरेको पृष्टी भएको छ।

ती महिलामा अहिलेसम्म कुनै लक्षण नदेखिएको उनको परिवारका सदस्यहरुले बताएका छन्। तर संक्रमित युवासँग भेट भएको १२ दिनपछि परिवारका ९ जना सदस्यहरुको बिहीबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो। जसमध्ये युवककी भाउजुमा कोरोना पोजेटिभ देखिएको छ।

कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखापर्ने चिकित्सकहरुले बताउदै आएका छन्।

तर ती महिलामा विना कुनै लक्षण कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका चिकित्सहरुले बताएका छन्। – dineshkhabar