अछाम: बाढी र पहिरोमा परि २३ जनाको ज्यान जानेको आज सामूहिक दाहसंस्कार गरिएको छ । जिल्ला अस्पतालको चिकित्सक सहितको टोलीले सम्बन्धित ठाउँमा नै पोष्टमार्टम गरिदिएपछि उनीहरूको सामूहिक दाहसंस्कार गरिएको अछाम प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए । शुक्रबार रातीको अविरल वर्षका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी एक जना गर्भवती महिला, १७ बालबालिका…