मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यान महासंघ अछामको तेश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा महर सर्वसम्मत

क्यान महासंघ अछामको तेश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा महर सर्वसम्मत


अछाम । कम्प्युटर एशोसिएशन नेपाल महासंघ जिल्ला शाखा अछामको पाँचौँ बार्षिक साधारण सभा तथा तेश्रो जिल्ला अबिधेशन सम्पन्न भएको छ । सदरमुकाम मंगलसैनमा सम्पन्न अबिधेशनले वर्तमान सचिव रमेश बहादुर महरको नेतृत्वमा सर्बसम्मत नयाँ कार्य समिती चयन गरेको हो ।

समितीको उपाध्यक्षमा दिनेश कुमार स्वाँर, सचिवमा पूर्ण बहादुर खड्का, कोषाध्यक्षमा हर्क बहादुर थापा, सहसचिवमा हिमाल बुढा रहेका छन् । शाखाको सदस्यहरुमा नन्दराज ढुंगाना, इन्दु कुमारी पाण्डे र दिलिप केसी चयन भएका निर्वाचन अधिकृत अधिबक्ता गणेश प्रसाद ढुंगानाले जानकारी दिए । यस्तै अधिबेशनले केन्द्रीय प्रतिनिधीमा खेमराज ढुंगानालाई सर्बसम्मत चयन गरेको छ ।

यस्तै शाखाले सल्लाहकार समिती समेत चयन गरेको छ । जसको संयोजकमा बुद्धी बहादुर साँउद , सदस्यमा चन्द्रप्रकाश साउँद र शिबराज बोहरा रहेका छन् ।

शाखाका वर्तमान सचिव रमेश बहादुर महरको अध्यक्षतामा भएको अबिधेशनमा क्यान महासंघका केन्द्रीय सदस्य खेमराज ढुंगाना प्रमुख अथिति रहेका थिए । अबिधेशनले शाखा सचिव र कोषाध्यक्षको प्रतिवेदन समेत पारित गरेको थियो ।

नवर्निवाचित कार्यसमितीको पहिलो बैठक समेत सम्पन्न

क्यान महासंघ अछामको नवर्निवाचित कार्यसमितीको पहिलो बैठक समेत सम्पन्न भएको छ । शाखा अध्यक्ष रमेश बहादुर महरको अध्यक्षतामा बसेको बैठकले निर्वतमान कार्यसमिती, शाखाका साधारण सदस्य तथा निर्वाचन अधिकृत लगायतलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले क्यान अछामका पूर्व अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य खेमराज ढुंगानालाई पुन केन्द्रीय सदस्यको उम्मेद्धारका लागि समेत सिफारिष गरेको छ ।