मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा

ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा


अछाम : जिल्लाको ढकारी गाउँपालिका वडा नं. १ मा चिउरी प्रसोधन केन्द्र संचालनमा आएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७४/७५ पहिलो गाउँसभाले ढकारी गाउँपालिकामा स्थानिय चिउरीलाई संकलन गरि स्थानिय चिउरी उत्पादनलाई ब्यावसायीक बनाउने उदेश्यले चिउरी प्रसोधन केन्द्रको स्थापना गर्ने निर्णय गरिएको थियोे ।

प्राविधिकको अभावका कारण लामो समय सम्म संचालन हुन नसकेको चिउरी प्रसोधन केन्द्र  संचालनमा आएको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकास बहादुर बहादुर साउँदले बताए ।

चिउरी प्रसोधन केन्द्र संचालनमा आए संगै ढकारी गाउँपालिकाका चिउरा उत्पादन गर्ने किसानको आर्थिक आयआर्जनमा सुधार आउने अपेक्षा गरिएको अध्यक्ष साउँदको भनाइ छ ।

ढकारी  गाउँपालिकामा उत्पादन भएका चिउरी किसानबाट खरिद गरि चिउरीबाट तेल उत्पादन,चिउरी जुस उत्पादन,चिउरी साबुन उत्पादन गरि बजारिकरण गरिने अध्यक्ष साउँदले बताए ।

चिउरी प्रसोधन केन्द्र संचालनले ढकारी गाउँपालिका बेरोजगार नागरिकले रोजगारी समेत पाउने छन् ।