काठमाडौं । पछिल्लो समय नेपालमा कोभिड संक्रमितहरूमा म्युकरमाइकोसिसको समस्या जटिल रूपमा देखिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा हालसम्म १६ जना कोभिड संक्रमितमा म्युकरमाइकोसिस देखिएको छ । महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार अहिलेसम्म यो संक्रमणबाट मृत्यु भएको पुष्टि नभएपनि केही दिनअघि सेती अस्पतालमा मृत्यु भएका एकजना कोभिड संक्रमितमा म्युकरमाइकोसिस देखिएको थियो…