मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्व आईजिपी बोहराले गरे बयालपाटा असपताललाई ५१ हजार आर्थिक सहयोग

पूर्व आईजिपी बोहराले गरे बयालपाटा असपताललाई ५१ हजार आर्थिक सहयोग


अछाम । नेपाल प्रहरीका पूर्व आईजिपी मोतिलाल बोहराले बयालपाटा अस्पताललाई आर्थिक सहयोग गरेका छन् । समाजसेवी समेत रहेका बोहराले अस्पतालका लागि नगद रु ५१ हजार आर्थिक सहयोग गरेका हुन् ।

पूर्व आईजिपी बोहराबाट ५१ हजार रकम प्राप्त भएको बयालपाटा अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डाक्टर मन्दीप पाठकले बताए ।

बोरहाले प्रदान गरेको सहयोगले अस्पतालले प्रदान गरिरहेको सेवा र कोरोना रोकथाम तथा नियन्त्रणमा सहजता हुने निर्देशक डा. पाठकले बताए ।

साथै उनले सहयोगका लागि पूर्व आईजिपी बोहरालाई धन्यवाद समेत व्यक्त गरेका छन् ।