मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य सुरक्षा सामग्री तथा होम केयर कीट बितरण

स्वास्थ्य सुरक्षा सामग्री तथा होम केयर कीट बितरण


अछाम : मार्सिकोर नेपाल र युकेयडको साझेदारी र स्थानीय गैरसरकारी सस्था वाक नेपालको समन्वय जिल्ला भकारी कार्यक्रमको कार्य क्षेत्रका पालिकाकाहरु विनायक, कमलबजार र तुर्माखादलाई होम केयर कीट बितरण गरिएको छ ।

जिल्लामा भकारी कार्यक्रमको कार्य क्षेत्रका पालिकाकाहरुलाई ५ लाख ७ हजर ३ सय ३८ बराबर को १ सय ५८ होम केयर कीट बितरण गरिएको हो । साथै जिल्ला अस्पताल मङ्गलसैन लाई ८९ हजार ५ सय बराबरको पिपइ र सर्जिकल गाउन १०० थान र बयालपाटा अस्पताल लाई १ लाख ८ हजार ५ सय बराबरको १०० थान पिपइ, सर्जिकल गाउन र हयान्ड स्यानिटाइजर ५० बोतल, सजिकल माक्स ५० प्याकेट वितरण गरिएको छ।

नेपाल पत्रकार महासघ अछामलाई ९ हजार ५ सय ५० बराबर को ३० बोतल स्यानिटाइजर २० प्याकेट मास्क बितरण गरिएको भकारी कार्यक्रम मार्सीकोर नेपालका सयोजक प्रेम लुहारले जानकारी दिए । जिल्लामा ८ लखा २० हजार ८ सय ३८ बराबर को स्वास्थ्य सामाग्री बितरण गरिएको र बाकी प्रहरी इकाइहरुमा बितरण गरिने उनले बताए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै वाक नेपाल का अध्यक्ष मीन ब कुवरले वाक नेपालले अहिले कोरोना भाइरसको प्रकोप बढिरहेका बेला जोखीम मोलेर जनताको सेवामा खटिएको भन्दै सुरक्षा सामग्रीहरु बितरण गरेको बताए ।

कार्यक्रममा बोल्दै जिल्ला अस्पताल अछामका डा. अतुल भादार्जले कोरोना भाइरसको प्रकोप बढिरहेका बेला जोखीम मोलेर काममा खटिएका ब्यक्तिहरुलाई सुरक्षा सामग्री दिइनु निकै सकारात्मक पक्ष रहेको बताए । उनले आगामी दिनमा अन्य निकायहरुबाट समेत सहयोगको अपेक्षा रहेको बताए ।