काठमाडौं: काठमाडौं महानगरपालीकाले नक्सापास विपरीत अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरु हटाउन सुरु गरेको छ । नक्सापासमा अन्डरग्राउण्ड पार्किङ बनाउने भनिएपनि त्यसको बिपरित पसल सञ्चालन गरिएपछि महानगरले पसलहरु हटाउन सुरु गरेको हो । पहिलो चरणमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह काठमाडौंको नयाँ बानेश्वर पुगेर पसल हटाउन पसल हटाउन सुरु गरेका थिए। भवन निर्माण गर्दा जमिन तल्ला, वेसमेन्टमा…