मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा माओवादी केन्द्र : पदाधिकारी चयनको नजिक

नेकपा माओवादी केन्द्र : पदाधिकारी चयनको नजिक


काठमाण्डौ: नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारी चयनको नजिक पुगेको जनाएको छ ।


पार्टी कार्यालय पेरिसडाडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टी संगठनको बारेमा छलफल गर्दै पदाधिकारी चयनको नजिक पुगेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभयो ।

उहाले बिहीबार बस्ने स्थायी कमिटी बैठकले पदाधिकारी चयनको निर्णय गर्ने बताउनुभयो । बैठकमा केन्द्रीय कमिटी, पोलिट्व्युरो र स्थायी कमिटीलाई पूर्णता दिने बिषयमा छलफल भएको र बिहीबार नै अन्तिम टुङ्गो लाग्ने प्रवक्ता महराले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठकल बिहीबार बिहान पुन बस्ने माओवादीले जनाएको छ ।