मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यायपूर्ण तरिकाले टिकट बितरण हुन्छ : देउवा

न्यायपूर्ण तरिकाले टिकट बितरण हुन्छ : देउवा

सुदूर आज

काठमाण्डौ: नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा न्यायपूर्ण तरिकाले टिकट बितरण गरिने बताउनुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै देउवाले पार्टी गठबन्धनका साथ चूनाव लड्न लागेपनि कसैलाई काखा, कसैलाई पाखा र भेदभाव नगरि न्यायपूर्ण तरिकाले टिकट बितरण गरिने बताउनुभएको हो ।

देउवाले आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउन सवै क्रियाशिल हुनुपर्ने धारणा राख्नुभयो ।

गठबन्धनलाई सँगसँगै लैजानुपर्ने अवस्था रहेको भन्दै देउवाले गठबन्धनका भरमा चूनाव जितिन्छ भनेर ढूक्क हुने अवस्था नरहेको जिकिर गर्नुभयो । देउवाले संघीयतापछि सिंहदरबार गाउँ–गाउँमा पुराउने भनिएपनि जनता निराश देखिएकाले जनताप्रति समर्पित भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कार्यक्रममा कांग्रेसका उपसभापति धनराज गुरुङले जनताले आशंका गर्ने ठाँउ नदिएर काम गर्नुपर्ने बताउनुभयो । उहाले कार्यसम्पादन गर्दा पारदर्शीताका कुरालाई मुख्य रुपमा अघि राख्नुपर्ने बताउनुभयो ।

कांग्रेसले आफ्नो पार्टीका तर्फबार्ट निर्वाचित देशभरका नगरपालिकाका प्रमुख र उप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न हुने कांग्रेसले जनाएको छ ।