मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामुदायिक रेडियो समाजको ऐना हो : अकोराब प्रदेश उपाध्यक्ष भण्डारी

सामुदायिक रेडियो समाजको ऐना हो : अकोराब प्रदेश उपाध्यक्ष भण्डारी


कमला खत्रि, फागुन २८ अछाम

सामुदायिक रेडियो प्रशारक संघ नेपाल अकोराबका सुदुरपश्चिम प्रदेश उपाध्यक्ष जनकराज भण्डारीले सामुदायिक रेडियो समाजको ऐना भएको बताउनु भएको छ ।

सामुदायिक रेडियोबाट समुदायले थुप्रै आशा ब्यक्त गरेकाले ऐना जसरी निरन्तर साथ दिदै जानु पर्ने बताउनु भएको छ । अकोराबको अछाम जिल्ला समन्वय समिती गठन कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै भण्डारीले रेडियोमा जाने हरेक कुरा समाज परिवर्तनका लागि हुने भएकाले सकारात्म कुरालाई प्राथमिकता दिदै अघि बढन आग्रह गर्नु भएको थियो ।

सुदुर संञ्चार समाज नेपाल तथा रेडियो रामारोशनका स्टेशन म्यानेजर चन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदुरपश्चि प्रदेश सदस्य पुष्पराज भट्टले अछामका थुप्रै अभियानमा सामुदायिक रेडियोको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो ।

विगत लामो समय देखि समाज र रेडियोलाई निरन्तर जोड्दै लागि परेका संञ्चारकर्मिको नेतृत्वमा समन्वय समिती गठन भएकाले आगामि दिनमा रेडियोलाई अझै मजबुत बनाउदै जानु पर्ने सुझाब दिनु भएको थियो ।

सामुदायिक रेडियो प्रशारक संघ नेपाल अकोराबको निर्देशन सुुदुरपश्चिम समितीको आयोजनामा भएको गठन कार्यक्रममा नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रि, प्रेष युनियन अछामका सभापती टँक प्रसाद रिमाल, जिल्ला स्थित सबै सामुदायिक रेडियोका प्रतिनीधीको सहभागिता रहेको थियो ।