मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

होली जस्तै सामाजिक पर्वहरुले जिल्लाको पहिचान कायम गर्छन : काग्रेस उपसभापती ढुुगाँना

होली जस्तै सामाजिक पर्वहरुले जिल्लाको पहिचान कायम गर्छन : काग्रेस उपसभापती ढुुगाँना


पूर्णबहादुर खड्का, फागुन २६ अछाम

नेपाल प्रेस युनियन जिल्ला शाखा अछामको आयोजनामा होली मिलन कार्यक्रम ठुलासैनमा सम्पन्न भएको छ । सहकर्मीसंग होली, संचारकर्मी संग होली भन्ने उद्देश्यका साथ सामाजिक सद्भाव र एकआपसमा बन्द्युत्व कायम गर्न लागि होली मिलन कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल प्रेस युनियन जिल्ला शाखा अछामका अध्यक्ष टंक प्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुंगाना प्रमुख अथिति रहनु थियो । 

प्रमुख अथितिको आसनबाट बोल्दै उपसभापति ढुंगानाले बिजयीको उत्सव होलीले सामाजिक सद्भाव र एकआपसमा बन्द्युत्व कायम गर्न महत्वपूर्ण भुमिका खेलेको बताउनु भएको छ । होलीको ईतिहासको बारेमा बोल्दै ढुंगानाले यस्ता सामाजिक पर्वहरुले जिल्लाको पहिचान कायम राखेकोमा जोड दिनुभयो । 

एक फरक प्रसंगमा बोल्दै युवा नेता ढुंगानाले समाज परिवर्तनको सम्बाहकका रुपमा संचार रहेको भन्दै नकारात्मक तिर गईरहेको समाजलाई सकारात्मक क्षेत्र तिर लैजाने तर्फ पनि ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । 

सदियौँ दिन देखि कसैको बचावटमा मात्र समाजलाई नकारात्मक दिशा तर्फ लैजाने ब्यक्ति हाबी हुदैँ गएकाले त्यसको प्रतिकार गर्दे अब संञ्चारकर्मीले खबरदारी गर्नु पर्नेमा उपसभापति ढुंगानाको जोड थियो । 

प्रेस युुनियन अछामका अध्यक्ष टँक प्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथी पत्रकार महासँघ अछामका पूर्ब अध्यक्ष तथा नेपाली काग्रेस अछामका सहसचिव बेद प्रकाश तिमिल्सैनाले सख्यात्मक रुपमा अछामका मिडीया तथा संञ्चारकर्मीको बाहुल्यता भएपनि गुुणात्मक रुपमा त्यसको प्रतिफल खासै नदेखिएको उल्लेख गर्नूभयो । 

प्रेस यूनियन अछामले जिल्लामा विभिन्न सामाजिक क्षेत्र र समाज परिर्वतनका पक्षमा नेतृत्वदायि भुमिका निर्वाह गर्दै आईरहेको स्मरण गर्दै होली मिलन कार्यक्रम गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो । आगामी दिनमा पनि यस्तै रचनात्मक काममा यूनियन अग्रणी भएर लाग्नुपर्ने सुझाब दिनुभयो । 

कार्यक्रममा पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्री, नेपाल प्रेस युनियन अछामका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष तथा वडा नंं. ६ का वडाध्यक्ष जनकराज भण्डारी, प्रेस युनियन अछामका पूर्व अध्यक्ष एवं जिपी कोईराला प्रतिष्ठान अछामका अध्यक्ष यज्ञराज ढुंगाना, प्रेस संगठन नेपालका प्रदेश सदस्य शिबराज ढुंगाना, कृषि सहकारी अछामका अध्यक्ष बेद प्रसाद ढुुगानाले शुभकामना मन्तव्य राख्दैँ युनियनले होली मिलन कार्यक्रम गरेर राम्रो काम गरेकोमा प्रशंसा व्यक्त गरेका थिए । 

कार्यक्रममा प्रेस संगठन नेपालका प्रदेश सदस्य चन्द्र बहादुर थापा, फोटो पत्रकार महासंघ अछामका अध्यक्ष धिरज कुवँर, दलित पत्रकार महासंघ अछामका अध्यक्ष सुरत सुनार लगायतका अतिथी रहनु भएको थियो । नेपाल प्रेस यूनियन अछामका बरिष्ठ उपाध्यक्ष लोकराज ढकालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन सचिब सुुशिल भण्डारीले गर्नु भएको थियो । 

जिपि कोईराला प्रतिष्ठान अछाम र कृषि सहकारी संस्था अछामको सहयोग तथा  फोटो पत्रकार महासँघ अछामको सह आयोजनामा होली मिलन कार्यक्रम गरिएको थियो । 
पत्रकार ढुंगानालाई बधाई तथा सम्मान ।।

सोही कार्यक्रममा अन्तराष्ट्रिय सामुदायिक पत्रकारीता पुुरुस्कार ईञ्जाद्धारा सम्मानीत कान्तिपुर दैनिकका अछाम सवाददाता, पत्रकार महासंघ अछामका सहसचिव तथा प्रेस युनियनका केन्द्रिय पार्सद मेनुुका ढुुगानालाई सम्मानीत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अथितिबाट दोसल्ला ओडाई तथा बिशिष्ट अथितिद्धारा अबिर लगाएर बधाई ज्ञापन तथा सम्मान गरिएको थियो । ढुंगानाले जिल्लामा क्रियाशिल रहेर समाज परिर्वतनका लागि महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा समेत गरिएको थियो ।

यस्तै रेडियो रामारोशन एफ.एम. ९२ मेगाहर्ज अछामले समेत ढुंगानालाई दोसल्ला र अब्बिर लगाएर बधाई तथा सम्मान गरेको थियो ।