मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निशुल्क स्वास्थ्य शिबिरबाट २१ सय ५७ जनाले सेवा लिए

निशुल्क स्वास्थ्य शिबिरबाट २१ सय ५७ जनाले सेवा लिए


पूर्णबहादुर खड्का,फागुन २४ अछाम । 

अछाम जिल्लाको बयालपाटा अस्पतालमा फागुन १९ गते देखि सुरु भएको निशुल्क स्वास्थ्य शिबिर आज सम्पन्न भएको छ । महेन्द्र कुवँर प्रतिष्ठान अछामको आयोजना एवंम बयालपाटा अस्पतालको समन्वयमा भएको निशुल्क स्वास्थ्य शिबिरमा २१ सय ५७ जनाले सेवा लिएका छ ।

शिबिरमा स्त्री तथा प्रसुती तर्फ ५ सय १९ जनाले सेवा लिएका थिए भने आँखा उपचार तर्फ १६ सय ३८ जनाले सेवा लिएका छन् । शिबिरमा पाठ्यघरमा समस्या भएका ४ जना महिलाको शल्यक्रिया भएको थियो भने २ सय ७० जनाको आँखाको शल्यक्रिया भएको बयालपाटा अस्पतालका सहायक मेडिकल निर्दैशक डाक्टर पवन कुमार अग्रवालले बताउनु भयो । शिबिर मार्फत २ सय भन्दा बढीलाई चस्मा समेत बितरण गरिएको आयोजकले जनाएको छ ।

अछाम तथा छिमेकी जिल्लाको स्त्री तथा आँखाको स्वास्थ्य अवस्था बुझेर निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । यस क्षेत्रका जनताको आर्थिक स्थित कमजोर हुनुका साथै नजिकै राम्रो गर्न प्रयाप्त सेवा सुबिधा नहुनु र उपचारका लागि टाढा जाने स्थिति समेत कम भएकाले जिल्लामै निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष महेन्द्र कुवँरले बताउनु भयो ।

शिबिर सफलतापूर्वक सम्पन्न भएको भन्दैँ प्रतिष्ठानका अध्यक्ष कुवँरले शिबिरमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नैलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ । बिशेषगरी बयालपाटा अस्पतालले गरेको समन्वयले समेत शिबिर सफलतापूर्वक सम्पन्न भएकोमा उहाँले प्रशंसा व्यक्त गर्नुभयो । साथै उहाँले आगामी दिनमा समेत यस्तै सामाजिक कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

यसैबिच प्रतिष्ठानले जिल्लाका बिभिन्न बिद्यालयमा खेलकुदका सामान वितरण र योय शिक्षा सिविर पनि सञ्चालन गरेको छ । जिल्लाका त्रिपुरा सुन्दरि मावि, सुर्यचन्द्रमावि कालिमाटि, वैजनाथ मावि पायल, दयापिपल तोला मावि लुंग्रा, शान्तिमा वि मार्क, सिउडी मावि सिउडि, जनकल्याण मावि, महेन्द्र मावि, हिमालय मावि, सरस्वति मावि जयगड र प्रभा धम्कोट माविमा खेलकुदका सामाग्री बितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रत्येक विदलयमा २ बल र एकओटा नेट हस्तान्त्ररण गरिएको अध्यक्ष कुवँरले बताउनु भयो । साथै योग शिविर गुरु लोकानाथ खनाल सहितको टोलिले योग शिक्षा पनि प्रतिष्ठान मार्फत संचालन गरिएको थियो ।

अमेरिकामा बस्ने कुवँरले सेवाभावले प्रतिष्ठान बनाई आफ्नो जन्मथलोमा यस क्षेत्रका जनताको लागि विभिन्न समयमा निशुल्क रुपमा यस्तै रचनात्मक काम गर्दै आईरहनु भएको छ ।