मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारी ब्यावस्थापन हुदै जाँदा कामकाजमा सहजता : अधिकृत बिष्ट

कर्मचारी ब्यावस्थापन हुदै जाँदा कामकाजमा सहजता : अधिकृत बिष्ट


कमल रावल, फागुन २९ अछाम
कमलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग बिष्टले नगरमा कर्मचारी ब्याबस्थापन हुदै जाँदा दैनिक कामकाजमा सहजता आएको बताउनु भयो । पहिले नगरपालिकामा कर्मचारी अभाबले दैनिक काममा समस्याका साथै एक शाखाको कर्मचारीले अर्को शाखाको कार्यभार सम्हाल्नु पर्ने अबस्था आउने गरेको बिष्टले बताउनु भयो ।

रेडियो रामारोशनसँग कुरागर्दै अधिकृत बिष्टले नगरका सबै स्वास्थ्य संस्था, वडा, नगरका थुुप्रै शाखामा कर्मचारी आईसकेकाले आगामि असारसम्म सबै कर्मचारीको पदपुर्ति भईसक्ने बताउनु भयो । नगरको बिकास निर्माणको अनुुगमनको कार्यको बारेमा जानकारी गराउदै बिष्टले सबै योजनालाई पारदर्शिता ल्याउनका लागि साना साना योजनाको वडा तहबाट र ठुला योजनाको नगर उपप्रमुुखको नेतृत्वमा अनुुगमन गर्ने गरिएको जानकारी दिनु भयो ।

नगरमा सफल भएका सामाजिक अभियानलाई आगामि दिनमा निरन्तर कार्यान्वयनमा लैजानका लागि वडा तहमा अन्तरक्र्रिया, अनुुगमन लगाएतका कार्य जारी राख्ने बताउनु भयो । नगर छाउपडि गोठमुुक्त, पुर्ण साक्षर घोषणा भईसकेकाले आगामि दिनमा पुर्ण सरसफाईको अभियानलाई अघि सारिएको बताउनु भयो ।

अहीलेसम्म वडा नम्बर ४ चाल्सा, वडा नम्बर ६ विरपथ र वडा नम्बर ९ मष्टावण्डाली पुर्ण सरसफाई घोषणा भईसकेकाले बाकी रहेका ७ वटा वडालाई समेत यस आर्थिक बर्ष भित्र गरिने बताउनुभयो । साथै यस आर्थिक बर्षको असार मसान्त भित्रै वडा नम्बर ६ विरपथलाई पोषणा मैत्रि वडा घोषण गरिने समेत जानकारी दिनु भयो ।