मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हात्तिकोटमा दोस्रो पटक अनुुगमन, फेरी छाउगोठ भत्काउनु पर्यो

हात्तिकोटमा दोस्रो पटक अनुुगमन, फेरी छाउगोठ भत्काउनु पर्यो


लाल बहादुर चदारा, फागुन २९ अछाम

मेल्लेख गाउपालिका वडा नम्बर ८ हात्तिकोटमा छाउगोठको अबस्थाबारे पुनह अनुुगमन गरिएको छ । गाउपालिका उपाध्यक्ष धनबहादुर शाहीको नेतृत्वमा गएको टोलिले वडामा छाउपडि कुप्रथा सम्बन्धि चेतना मुलक कार्यक्रम, घुम्ती शिक्षा तथा प्रहरी साझेदारी कार्यक्रम मार्फत सचेतना जगाएनि अझै सुधार नभएको निष्कर्ष निकालेको छ ।

केहि समय अगाडी भत्काईएका गोठहरु भान्छाकोठामा नाममा अझै निर्माण गरिएको अबस्था भेटिएका उपाध्यक्ष शाहीले बताउनुभयो । वडामा यसअघि समेत अनुुगमन गरि गोठ भत्काएले पुनह समस्या देखिएका अब भैत्र १ गते सर्बदलिय भेला गरि ठोस योजनाका साथ अघि बढ्ने उहाँले बताउनु भयो ।

अनुगमनमा मेल्लेख ७ नन्देगडाका वडा अध्यक्ष नर बहादुर साउद कार्यपालिका सदस्य कमल देबि ताम्राकार, हात्तिकोटका वडा सचिब ज्वाला रेग्मी पत्रकार सुरत सुनारको सहभागिता रहेको सवाददाता लाल बहादुर चदाराले जानकारी दिनु भयो ।