मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीलाई छल्दै बालविवाह

प्रहरीलाई छल्दै बालविवाह


नेपालगन्ज २६ बाँके ।

डुडुवा गाउँपालिकाको एक गाउँमा केही दिनअघि प्रहरीलाई बालविवाह भइरहेको खबर आयो। प्रहरी घटनास्थलमा पुग्दा अभिभावकले बेहुलीकी २१ वर्षकी दिदीको नामको बिहे कार्ड देखाइदिए। बुझ्दै जाँदा उनको भारतमा बिहे भएर बच्चा भइसकेको रहेछ। प्रहरीले थप खोजी गर्दा गर्दा फेरि अर्को नाम दिइयो। जुन व्यक्तिको केही समयअघि मृत्यु भइसकेको थियो। प्रहरी विवाहिताको पत्तो लगाउनै नसकेर फक्र्योे।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमै केही दिनअघि प्रहरीलाई स्थानीयले बालविवाहको सूचना दिए। प्रहरी निरीक्षकको कमाण्डमा टोली टोलमा पुग्दा भारतबाट झिकाइएका नर्तकी नाँच्दै थिए। भोज चलिरहेको थियो। बेहुलीको घरमा रातारात बच्चाको मुण्डन गरेको भेटियो। त्यहाँबाट पनि प्रहरी टोली फर्कियो।

प्रहरी फर्केपछि रातारात बिहे भयो। जानकी गाउँपालिकाको एक गाउँमा दाजुभाइको बिहे हुँदै थियो। दाइको उमेर पुगेको थियो। भाइको बाल विवाह हुँदै थियो। ‘बाइ वान गेट वान फ्रि भने झैं दुईजनाको एकै दिन बिहे हुन लागेको रहेछ’, बाँके प्रहरी प्रमुख वीरबहादुर ओलीले अनुभव सुनाए, ‘प्रहरी आउँदा उमेर पुगेको देखाउने र उमेर नपुगेकाको पनि बिहे गर्ने रणनीति रहेछ। दाइको बिहे भयो। उमेर नपुगेका भाइको बिहे हामीले रोक्यौं।’

यी तीन विवाहका दृष्टान्त बाँकेका प्रहरी प्रमुख ओलीले आइतबार नेपालगन्ज उपमहानगरपालिकाले ११०औं महिला श्रमिक दिवसकोे अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सुनाएका थिए। उनले चेतावनी दिए, ‘प्रहरीलाई छक्याएर वा झुक्याएर बालविवाह भइरहेको हामीले सुनेका छौं। बाल विवाह गर्ने र गराउने १३/१४ परिवार प्रहरी निगरानीमा छ। प्रमाण भेटिनेबित्तिकै हामी मुद्दा चलाउँछौं।’ प्रहरीले यो वर्ष दुईवटा बालविवाहविरुद्ध मुद्दा दर्ताको तयारी थालेको छ।यो समाचार अन्नपुर्ण पोष्टमा छ ।