मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक दुर्घटनामा परि भारतमा अछामका २ जनाको मृत्यु – सुदूर आज

सडक दुर्घटनामा परि भारतमा अछामका २ जनाको मृत्यु – सुदूर आज


भारतमा सडक दुर्घटनामा परि अछामका २ जनाको मृत्यु भएको छ ।

भारतको छत्तीसगढ राज्यको रायपुरमा सडक दुर्घटनामा परि अछामको बान्नीगढी जयगढ गाउँपालीकाका २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुने बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाका २७ बर्षका बल बहादुर साउँद र वडा नम्बर २ जनालीकोटका अन्दाजी ४५ बर्षका अमर साउँद रहेका छन ।

बुधबार राती करिव सवा ९ बजे रायपुर बजारमा मोटरसाईकलमा सवार रहेको उनीहरुलाई बसले ठक्कर दिदा दुवै जनाको मृत्यु भएको हो । मृतक दुवै जनाको भारतमै दाह सँस्कार गरिएको छ ।

दुर्घटनामा परि वडा नम्बर ५ कालिकाका भुपाल साउँद घाईते भएका छन ।