मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दर्ना लघु जलविद्युतको कुलो भत्कियो

दर्ना लघु जलविद्युतको कुलो भत्कियो


अछाम – जिल्लाको दर्ना लघु जलविद्युतको कुलो भत्कीएको छ । कुलो बाट नियमित पानी लीकेज हुदै गएपछी पावर हाउस नजीकैको करिब ५० मिटर कुलो भत्कीएको छ ।

कुलो भत्कीएपछि विद्युत सेवा पुर्ण रुपमा बन्द भएको छ । कुलो निर्माणका लागी तत्काल समिती संग आर्थिक स्रोत नभएकाले निर्माण हुन केही समय लाग्ने जलविद्युतका अपरेटर झनक थापाले जानकारी दिनुभयो ।

सामान्य बजेटले निर्माण नहुने देखीएकाले वडा देखी गाउँपालिका र प्रदेश सरकार संग बजेट माग गरीने उहाँले बताउनुभयो ।

५० मिटर कुलो भत्केकाले तत्काल कति बजेट लाग्ने भन्ने कुरा प्राविधीकको स्थलगत रिर्पोटको आधारमा थाहा हुने उहाँले जानकारी दिनुभयो ।

यता विद्युत सेवा अबरुद्ध भएपछी वडामा सञ्चालीत बिभिन्न ईलेक्ट्रोनीक पसल, कुटानी, पिसानी मीलहरु सञ्चालन गर्न समस्या भएको छ भने वडा पुरै अन्धकार हुनेभएको छ ।