मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीप सिकेर आत्म निर्भर बन्नुपर्ने चौरपाटी गाउँपालिका अध्यक्ष साँउद

सीप सिकेर आत्म निर्भर बन्नुपर्ने चौरपाटी गाउँपालिका अध्यक्ष साँउद


फागुन ३०, अछाम ।
चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले सीप सिकेर आत्म निर्भर बन्नु पर्नेमा जोड दिनु भयो ।

शुक्रबार चौरपाटी गाउँपालिका वडा नं ४ पायलमा तीन महिने होजियारी तालिमको अनुगमन गर्दै अध्यक्ष साउदले तालिमबाट सीप सिकेर स्वरोजगार सृजना हुने हुदा ध्यान पूर्वक सीप सिक्न आग्रह गर्नु भयो ।

अध्यक्ष साउदले सीप सिकेर ब्यसायी बने ब्यवसायीले निर्माण गरेका सामाग्री गाउँपालिका खरिदका लागि पहल गर्ने समेत बताउनु भयो । यस्तै गाउँपालिका उपाध्यक्ष माया कुँवरले महिलाहरुको क्षमता बृद्विका लागि सीप तालिमको आयोजना गरे पनि सोचे जस्तो सदुपयोग नभएको भन्दै होजियारी तालिमबाट ब्यवसायी हुन आग्रह गर्नु भयो ।

उपाध्यक्ष कुँवरले किश्वोरी तथा महिलाहरुले तालिमले आत्मनिर्भर तथा स्वरोजगार बनाउने भन्दै किश्वोरी सीप सिकेर ब्यवसायी बने गाउँपालिकाले सहयोग गर्ने बताउनु भयो ।

सीप सिकौँ रोजगार मुखी बनौँ भन्ने नाराका साथ गरिबी निवारणका लागि उद्युउद्यम विकास कार्यक्रम मेड्पा द्वारा सञ्चालित तीन महिने होजियारी तथा बुनाई सीप विकास तालिमको आयोजना गरिएको छ ।

तालिममा वडा नं ४ पायलका ४९ जना किश्वोरीको सहभागिता रहेको छ । सृजनशिल गोदावरी महिला समाज शाखा कार्यालय अछामको आयोजना तथा घरेलु तथा साना उद्योग विकास समिति मंगलसेन अछामको सहयोगमा तालिम सञ्चालन भएको हो ।