मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिकाद्धारा बिद्यालयको अनुगमन तिव्र

साँफेबगर नगरपालिकाद्धारा बिद्यालयको अनुगमन तिव्र

आईतबार विभिन्न बिद्यालय तथा योजनाको अनुगमन


चैत्र २ अछाम ।

साँफेबगर नगरपालिकाद्धारा बिद्यालयको अनुगमन तिव्र रुपमा चलिरहेको छ । यसै अन्र्तगत आईतबार नगर प्रमुख कुल बहादुर कुँवरको नेतृत्वमा गएको एक टोलीले साफेबगर नगरपवालिका वडा नं १ बैद्यनाथ मा रहेको शिवशक्ति प्राथमिक बिद्ययालय, श्री सूर्य चन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यामिक विद्यालयको अनुगमन गरिएको छ ।

अनुगमन टोलीमा नगर शिक्षा शाखा प्रमुख हिरा दत्ता भट्ट, वडा नम्बर १ बैजनाथका वडा अध्यक्ष अमर बहादुर शाह, इन्जिनियर निराजन शाह, सञ्चारकर्मी लगायतको सहागिता रहेको थियो ।

यस्तै सोही टोलीले साफेवगर नगरपालिका वडा नं ३ मा रहेको चारकोठे नव निर्मित स्वास्थ्य सहरी किल्नीकको समेत अनुगमन गरेको छ । उक्त भवनमा प्रदेश सरकारको २७ लाख र नगरपालिकाको २७ लाखमा उक्त भवन निर्माण हुदैछ ।

अनुगमन टोलीमा साफेवगर नगरपालिका वडा नं तीन का वडा अध्यक्ष कृष्ण बुढा कुष्ण कुँवर, नेत्र कँवर, हिक्मत कुँवर नगर शिक्षा शाखा प्रमुख हिरा दत्ता भट्ट, इन्जिनियर निराजन शाह, सञ्चारकर्मी लगायतको सहागिता रहेको थियो ।

साथै वडा नं १ मा रहेको सारदा स्मृति प्रतिष्ठालय, बैद्यनाथमा रहेको बड्डेखोला तटबन्धनको पनि अनुगन गरेको छ । प्रदेश सरकारको बिशेष योजनामा बन्न लागेको सारदा स्मृति प्रतिष्ठालयमा प्रदेश सरकारकोे २७ लाख मा निर्माण हुदै छ ।

जन आन्दोलका समयमा मारीनु भएकी माओबादी नेता सारदा शाहिको सम्झनामा सारदा स्मृति प्रतिष्ठालय बन्न लागेको हो । करिब १२ वर्ष पहिने निमार्ण सुरु गरीएको भवन निर्माणको काम अव चाडै सुरु हुने नम्बर १ बैजनाथका वडा अध्यक्ष अमर बहादुर शाह, बताउनु भयो ।

बैद्यनाथमा रहेको बड्डेखोला तटबन्धनको लागि स्थानिय पुर्वाधार विकास को १० लाखको बजेटमा निर्माण हुदै छ । अनुगमन टोलीमा नगर शिक्षा शाखा प्रमुख हिरा दत्ता भट्ट, वडा नम्बर १ बैजनाथका वडा अध्यक्ष अमर बहादुर शाह, इन्जिनियर निराजन शाह, सञ्चारकर्मी लगायतको सहागिता रहेको थियो ।