मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिका द्वारा मासिक बुलेटिन प्रकाशन

मंगलसेन नगरपालिका द्वारा मासिक बुलेटिन प्रकाशन

नगरप्रमुख बोहराले गरे बिमोचन


अछाम २ चैत ।

मंगलसेन नगरपालिकाले मासिक बुलेटि प्रकाशन गरेको छ । नगरपालिकाका कामलाई खुला, पारदर्शी र प्रभावकारी बनाउनका लागि बुलेटिन प्रकाशन गरिएको हो ।

बुलेटिनको नगरप्रमुख पदमबहादुर बोहराले एक कार्यक्रमका विच बिमोचन गर्नुभयो । नगरप्रमुख बोहराले नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन र अन्य गतिविधि बाहिर ल्याउन बुलेटिन प्रभावकारि हुने बताउनुभयो ।

नगरपालिकाले सम्पाद गरेका मुख्य कामहरुलाई बुलेटिन मार्फत प्रकाशन गरिने जनाईएको छ । सूचनामूलक बुलेटीन मासिक रुपमा प्रकाशन गरिने नगरपालिकाले जनाएको छ ।

बुलेटिनमा नगरपालिकाले महिना भरिमा सम्पादन गरेका मुख्य काम, विभिन्न शाखाका गतिविधि, बित्तिय प्रगति, नगरपालिका मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था लगायत अन्य निकायका गतिविधिहरु प्रकाशन गरिदै जाने प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले बताउनुभयो ।

यसैविच लोकसेवा आयोगबाट नगरपालिकामा नयाँ आएका कर्मचारीहरुलाई बधाई तथा स्वागत समेत गरिएको छ । प्राविधिक शाखा र शिक्षा शाखामा नयाँ आएका कर्मचारीलाई नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले स्वागत गर्नुभएको नगरपालिकाका एम आई एस अपरेटर होम बहादुर साउदले जानकारी दिनुभयो ।