मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका सांसद रावललाई थप ५ दिन हिरासतमा राख्न अनुमती

सुदूरपश्चिमका सांसद रावललाई थप ५ दिन हिरासतमा राख्न अनुमती


धनगढी: नेकपा सुदूरपश्चिमका सचेतक समेत रहेका प्रदेश सभा सदस्य अक्कलबहादुर रावललाई थप पाँच दिन प्रहरी हिरासतमा राख्न प्रहरीले अनुमती पाएको छ। यसअघि प्रहरीले उनलाई ११ दिन हिरासतमा राखिसकेको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्ला अदालत कैलालीले रावल माथि अनुसन्धानका लागि थप पाँच दिन म्याद थप गरेको हो। रावलमाथि जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता भएको छ। उक्त मुद्धामा आरोप पुष्टि भए ५ वर्षसम्म कैद हुन सक्ने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले बताएका छन। उक्त मुद्धामा साढे तीन वर्षदेखि ५ वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ।

रावलविरुद्ध धनगढी उपमहानगरपालिका वडा नम्वर ४ की २५ वर्षीय विवाहित महिलाले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएकी थिइन्। महिलाको उजुरीपछि जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्ला अदालत कैलालीबाट फागुन १५ गते पक्राउका लागि अनुमती पाएकोमा फागुन २१ गते मात्रै पक्राउ गरेको थियो।

मेयरबाट पराजित भएपछि बाम गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका रावल अछाम क्षेत्र नम्बर २ को ’ख’ बाट निर्वा्चित भएका थिए। बलात्कार प्रयासको आरोप लगाउने महिलाले भान्जीको नाता लगाएर नेकपा सुदूरपश्चिमका सासंद रावलले दुस्प्रयास गरेको बताएकी थिइन। पीडित महिलाले माघ २१ गते कोठामै आएर रावलले जवरजस्तीकरणी गर्न खोजेको आरोप लगाएकी थिइन। – दिनेश खबर बाट