मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजदेखि डा.भीम रावल

आजदेखि डा.भीम रावल


काठमाडौँ – नेकपाका प्रभावशाली तथा राष्ट्रबादी नेता भीम रावलले नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोहमा पिएचडी गर्नु भएको छ । नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका नेता रावल आजबाट डाक्टर भीम रावल भएका छन् ।

नेपाली राजनीतिमाका प्रखर तथा स्पष्ट नेताको छवि बनाएका छन् । अन्तराष्ट्रिय कानुनका ज्ञाता समेत रहेका नेता रावल आजबाट डाक्टर भीम रावल भएका छन् ।

रावलले राजनीति शास्त्र अन्तर्गत नेपालमा राजनीतिक हिंसा र माओवादी द्वन्द्व पोलिटिकल भ्वाइलेन्स एण्ड द माओइस्ट इन्सर्जेन्सी इन नेपाल विषयमा प्रस्तुत गरेको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको मानविकी ‌संकायको रिसर्च कमिटीले स्वीकार गरेको हो ।सोमबार रावलको शोध प्रबन्धको भाईभा थियो ।

रिसर्च कमिटीका प्राध्यापकमाझ रावलले आफ्नो शोध प्रबन्धको विस्तृतमा चर्चा गरेका थिए ।रावलको शोधप्रबन्ध गाइडको रुपमा राजनीतिक शास्त्र केन्द्रीय विभागका पूर्वप्रमुख प्रा:डा: मीना वैद्य रहेकी थिइन् ।