मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोराेनाको प्रभाब अछाममा पनि देखियो, तय भएको कार्यक्रम स्थागित

कोराेनाको प्रभाब अछाममा पनि देखियो, तय भएको कार्यक्रम स्थागित

गाँज्रामा हुने धार्मीक महोत्सव अनिश्चित


अछाम – बिश्वभर कोराना भाईरसको त्रास भईरहेका बेला जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नं १ गाज्रामा नव निर्मीत वर्दादेवि मन्दिरको प्राण प्रतिष्ठा सहीत धार्मीक महोत्सव पनि स्थिगित भएको छ ।

कोरना भाइरसको जोखीम नेपालमा पनि बढ्ने संकेत देखिएकाले अनिश्चीत समयको लागी मन्दिरको प्राण प्रतिष्ठा सहीत धार्मीक महोत्सव स्थगित गरीएको आयोजकले जनाएको छ ।

सोमबार बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको प्रमुख आथित्यतामा बसेको बैठकले कार्यक्रम अर्को निर्णय नहुल्जेल सम्माका लागि स्थिगित गरेको हो ।

प्राण प्रतिष्ठा महोत्सव एवम् नमाहा ज्ञान महायज्ञ समीतीका अध्यक्ष नर बहादुर खड्काको अध्यक्षतमा बसेको बैठकले उक्त निर्णय गरेको नैन बहादुर तिरुवाले बताए ।

गाउँपालिकाको वडा नं १ गाज्रामा आउदो चैत १२ देखि २१ गते सम्म धार्मीक महोत्सव एवम् ज्ञान महायज्ञका साथै नव निर्मीत मन्दिरको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको थियो ।