मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाले सार्क क्षेत्रमा ३ को मृत्यु

कोरोनाले सार्क क्षेत्रमा ३ को मृत्यु


काठमाडौं– चीनबाट सुरु भएकाे काेराेना भाइरसकाे संक्रमणले विश्वभरि महामारीको रुप लिएकाे छ। चीनसँग सीमा जोडिएका सार्क राष्ट्र भारत, अफगानिस्तान, नेपाल, पाकिस्तान र भुटानमा यसको संक्रण कम देखिएकाे छ।

चीनसँग सार्क क्षेत्रका ८ देशमध्ये ५ देशको सीमा जोडिएको छ।

विभिन्न तथ्यांक उपलब्ध गराउने अमेरिकी संस्था वोल्डोमिटरको पछिल्लो विवरणअनुसार सार्क क्षेत्रमा कोरोना संक्रमणका कारण अहिलेसम्म ३ जनाको मृत्यु भएको छ। संक्रमितहरुको धेरै संख्या भेटिएको भारतमा २ जनाको मृत्यु भएको हो। भारतमा अहिलेसम्म १ सय २९ जनामा संक्रमणको पुष्टि भएको छ भने १३ जना उपचारपछि घर फर्किएका छन्। १ सय १४ जनाले उपचार गराइरहेका छन्।

नेपालमा अहिलेसम्म एक जनामा मात्रै काेराेनाकाे संक्रमण भेटिएको र उपचारपछि निको भएको बताइएको छ। अफगानिस्तानमा २१ जनामा संक्रमण भएको छ भने उपचारपछि १ जना निको भएका छन्।

बंगलादेशमा ८ जनामा संक्रमण भेटिएकामा ३ जना उपचारपछि घर फर्किसकेका छन्।

पाकिस्तानमा करोना संक्रमणका कारण १ जनाको ज्यान गएको छ भने १ सय ८४ मा संक्रमण भएको छ। २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन।

श्रीलंकामा २८ जनामा संक्रमण देखिएको छ भने १ जना उपचारपछि निको भएर घर फर्किएका छन्। माल्दिभ्समा १३ जनामा संक्रमण भएको छ। – स्वास्थ्य खबर बाट