मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जयगढमा पनि ‘हेल्थ डेस्क’ स्थापना

जयगढमा पनि ‘हेल्थ डेस्क’ स्थापना


अछाम – बिश्वभर त्रासको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण फैलिन नदिन अछामको जयगढमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ ।

बान्निगढी जयगढ गाउपालिका र मालिका बिकास संघको साझेदारी जयगढमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको हो ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई लक्षित गरी जयगढमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको बान्निगढी जयगढ गाउपालिका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले जानकारी दिनु भयो ।

विशेषगरी भारतबाट आउने यात्रुको सामन्य चेक जाँच गरी स्वास्थ्य सम्बन्धी सुझाब दिने गरिएको छ । जिल्ला बाट बाहिरिने र भित्रिने नागरिकलाई चेकजाँच गर्न हेल्थ डेस्क स्थापना गरिएको बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष राजेन्द्र खड्काले बताउनु भयो ।

बिहिबार बाट सञ्चालन गरिएको हेल्थ डेस्कमा एक जना सिएमए, एक जना हेल्थ असिस्टेन र एक जना सिनियर अनमी गरि जम्मा ३ जना स्वास्थ्यकर्मी खटाईएको छ

हेल्थ डेस्कमा शंकास्पद बिरामी फेला परेमा थप अनुसन्धान र उपचारका लागि स्वास्थ्य संस्थामा पठाइने जनाइएको छ ।

साथै बान्निगढी जयगढ गाउपालिकाको सहयोगमा पालिका भित्रका सम्पूर्ण स्वमसेबिका र स्वास्थ्यकर्मी लाइ मास्क बितरण गरिएको स्वास्थ्य शाखा प्रमुख रावलले बताउनु भयो ।